बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

निर्णायक खेलमा चम्किएका भिनिसियस

बुधबार, ०४ चैत्र २०८२खेलपाटी संवाददाता
निर्णायक खेलमा चम्किएका भिनिसियस
Loading ad...
mustang rice ad

काठमाडौं। म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा घरेलु मैदानमा भएको दोस्रो लेगमा ‘कमब्याक’ गर्ने अपेक्षा गरिएको थियो। तर, समग्रमा ५–१ को हारसहित सिटीले प्रतियोगिताबाट बाहिरिएको छ।

ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियल मड्रिडले सानदार जित निकाल्दै समग्रमा ५–१ को अग्रतासहित क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

मंगलबार भएको खेलमा रियलले सिटीलाई २–१ ले पराजित गर्‍यो। सिटीका लागि एकमात्र गोल एर्लिङ हालान्डले गरेका थिए। इतिहाद स्टेडियममा खेल सुरु भएदेखि नै रियलले आक्रामक खेल प्रदर्शन गर्‍यो।

खेलको २२औं मिनेटमा पेनाल्टीमार्फत भिनिसियसले टोलीलाई अग्रता दिलाए। उनको प्रहारलाई गोललाइनमा हातले रोक्दा बर्नार्डो सिल्भाले रातो कार्ड पाए र सिटी १० खेलाडीमा सीमित भयो।

तर, दबाबबीच पनि ४१औं मिनेटमा जेरमी डोकुको पासमा हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए।

दोस्रो हाफमा रियलको नियन्त्रण

पहिलो लेगमा ३–० को अग्रता लिएको रियललाई खेल नियन्त्रणमा राख्न सहज भयो। दोस्रो हाफमा दुवै टोलीका केही गोल अफसाइड र फाउलका कारण रद्द भए।

७०औं मिनेटमा ब्राहिम डियाजको स्थानमा घाइतेबाट फर्किएका किलियन एम्बाप्पेलाई मैदानमा उतारियो। तर, उनले अवसर सदुपयोग गर्न सकेनन्।

इन्जुरी समयको अन्तिम क्षणमा अउरेलियन चुआमेनीको पासमा भिनिसियसले भली प्रहार गर्दै आफ्नो दोस्रो गोल गरे र रियलको जित सुनिश्चित गरे। सिटीले पेनाल्टीको दाबी गरे पनि रेफ्रीले अस्वीकार गरे भने भिएआरले पनि हस्तक्षेप गरेन।

यससँगै १५ पटकको च्याम्पियन रियलले लगातार तेस्रो सिजन सिटीलाई पराजित गर्दै युरोपेली श्रेष्ठताको यात्रामा अर्को कदम अगाडि बढाएको छ। अर्कोतर्फ सिटी अब लिग कप फाइनलतर्फ ध्यान केन्द्रित गर्ने अवस्थामा पुगेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार