फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

काठमाडौं। ब्राजिलका स्टार फुटबलर नेयमार यस महिनामा अमेरिकामा हुने ब्राजिलको मैत्रीपूर्ण खेलका लागि टोलीमा परेका छैनन्।
३४ वर्षका पूर्वकप्तान नेयमार सन् २०२३ को अक्टोबरमा एसीएल (घुँडाको गम्भीर चोट) च्यातिएपछि लगातार फिटनेस समस्यासँग संघर्ष गर्दै आएका छन्।
ब्राजिलले मार्च २६ मा बोस्टनमा फ्रान्सविरुद्ध खेल्नेछ भने त्यसको चार दिनपछि ओर्लान्डोमा क्रोएसियासँग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार भने,‘यो टोली पूर्ण रूपमा फिट रहेका खेलाडीहरूलाई ध्यानमा राखेर बनाइएको हो। हामीले एदर मिलिताओ, ब्रुनो गिमारेस, एस्टेवाओ, र रोड्रिगोजस्ता महत्त्वपूर्ण खेलाडीहरू चोटका कारण गुमाएका छौं।’
आइतबार ब्राजिलियन लिगमा सान्टोस र कोरिन्थियन्स बीच १–१ को बराबरी भएको खेलमा नेयमारले राम्रो प्रदर्शन गर्न सकेनन्। त्यसको केही घण्टापछि साओ पाउलोमा आयोजित एक कार्यक्रममा उनले मिडियासँग कुरा गर्दै टोलीमा नपरेकोमा आफू दुःखी र निराश भएको बताए।
नेमारले भने,‘तर, मेरो ध्यान अझै पनि लक्ष्यमै छ। दिनप्रतिदिन प्रशिक्षण, खेलपछि खेल गर्दै म अगाडि बढिरहेको छु। हामी हाम्रो लक्ष्यमा पुग्नेछौं। अन्तिम टोली घोषणा हुन अझै बाँकी छ।’
विश्वकपका लागि अन्तिम टोली मे १८ मा घोषणा गरिनेछ। त्यसअघि ब्राजिलले मे ३१ मा रियो दि जेनेरियोमा पनामासँग अन्तिम तयारी खेल खेल्नेछ।







-1773655510163.jpeg&w=3840&q=75)



-1773650309203.jpeg&w=3840&q=75)
