रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ
बिहिबार, २८ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। रिचर्ड कोफी जुनियर विल्सनको दुई गोलसँगै चर्च बोइज युनाइटेड राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च बोइजले काँक्रेविहार क्लबलाई २–० ले पराजित गरेको हो। जितसँगै चर्च बोइजले ९ खेलबाट २२ अंक पुर्याएको छ। समान खेलबाट समान अंक रहेको मच्छिन्द्र फुटबल क्लब भने शीर्षस्थानमा छ।
पराजित काँक्रेविहार भने १ अंकसहित १६औं स्थानमा छ।
खेलको सात र ३९औं मिनेटमा रिचर्डले गोल गर्दै चर्च बोइजलाई २–० को आरामदायी अग्रता दिलाएका थिए। तर, ६६औं मिनेटमा सुडेनविक्रम सिंह विश्वकर्माले गोल गर्दै काँक्रेविहारलाई २–१ मा ल्याए।
बाँकी समय गोल गर्न नसक्दा काँक्रेविहार दोस्रो बराबरीबाट बञ्चित भए।





-1773311294894.jpg&w=3840&q=75)



-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)
