बुदोकैदो टोली रुस जाने
मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ।
फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र ३० केजीमा ब्रिनिश महर्जनले खेल्ने छन्।
महिल ५५ केजीमा बबिता कार्कीले प्रतिस्पर्धा गर्ने छिन्। प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका ब्रान्च चिफ समेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन्।













