सकसमा अस्ट्रेलिया

काठमाडौं। जिम्बाब्वेविरुद्ध अस्ट्रेलियाको हारपछि समूह ‘बी’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। ओमान प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा बाँकी चार टोली अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र आयल्यान्ड सुपर आठमा पुग्ने दौडमा छन्।
हाल समूहमा श्रीलंका २ खेलबाट २ जितसहित शीर्षस्थानमा छ। जिम्बाब्वेको पनि २ जित छ।
अस्ट्रेलियाले २ खेलमा १ जित निकालेको छ भने आयरल्यान्डले ३ खेलमा १ जित हासिल गरेको छ। ओमान भने तीनै खेल हारेर बाहिरिएको छ।
अस्ट्रेलियाको सम्भावना कस्तो?
अस्ट्रेलियाले बाँकी दुई खेल जिते पनि सुपर ८ मा स्थान पक्का हुने निश्चित छैन।
यदि श्रीलंकाले जिम्बाब्वेलाई हरायो र जिम्बाब्वेले आयरल्यान्डलाई पराजित गर्यो भने अस्ट्रेलिया, श्रीलंका र जिम्बाब्वेको समान ६ अंक हुनेछ। यस्तो अवस्थामा नेट रनरेट निर्णायक बन्नेछ।
तर, अस्ट्रेलियाले बाँकी दुई खेल जित्दा र श्रीलंका जिम्बाब्वेसँग पराजित भए वा जिम्बाब्वे आयरल्यान्डसँग हारे अस्ट्रेलियाको सुपर ८ यात्रा सुनिश्चित हुनेछ।
हार्दा के हुन्छ?
यदि अस्ट्रेलिया श्रीलंकासँग पराजित भयो भने पनि सम्भावना समाप्त हुँदैन। तर, अवस्था जटिल बन्छ।
त्यस अवस्थामा उसले ओमानलाई अनिवार्य हराउनुपर्नेछ र जिम्बाब्वेले बाँकी दुवै खेल गुमाओस् भन्ने कामना गर्नुपर्नेछ।
त्यस्तो परिदृश्यमा श्रीलंका ८ अंकसहित शीर्ष स्थानमा रहनेछ भने बाँकी तीन टोली ४–४ अंकमा हुनेछ। त्यसपछि पुनः नेट रनरेटकै आधारमा एक टोली सुपर ८ मा पुग्नेछ।
यसरी २०२१ का च्याम्पियन अस्ट्रेलिया अहिले जटिल समीकरणमा फसेको छ। अब बाँकी खेलहरूको नतिजाले नै सुपर ८ को यात्रा तय गर्नेछ।







%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771251202949.avif&w=3840&q=75)


