सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

सोमबार, ०४ फाल्गुण २०८२खेलपाटी संवाददाता
छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक
Loading ad...
mustang rice ad

काठमाडौं। समूह चरणको अन्तिम खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले टोलीको कमजोरी सीप अभावमा नभई छिटो सिक्न नसक्ने बानी भएको स्वीकार गरेका छन्।

नेपाल सुपर–८ दौडबाट बाहिरिए पनि स्कटल्यान्डविरुद्ध सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ।

प्रि–म्याच पत्रकार सम्मेलनमा पोथसले ड्रेसिङ रुममा पर्याप्त प्रतिभा भए पनि त्यसलाई निरन्तर प्रदर्शनमा रूपान्तरण गर्न नसकिएको बताए। उनका अनुसार एउटै गल्ती दोहोर्‍याउने प्रवृत्तिले विश्वकपजस्तो प्रतियोगितामा ठूलो मूल्य चुकाउनुपर्छ।

‘घरेलु क्रिकेटमा कहिलेकाहीँ पूर्ण कार्यान्वयन नगर्दा पनि पुग्छ। तर, विश्वकपमा साना त्रुटिले पनि खेलको दिशा बदल्छ,’ उनले भने।

पोथसले इङ्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक प्रदर्शनलाई सकारात्मक उदाहरणका रूपमा उल्लेख गरे। इङ्ल्यान्डविरुद्ध योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिएको तर इटलीविरुद्ध त्यही स्तर दोहोर्‍याउन नसकिएको उनको भनाइ थियो।

‘एउटा राम्रो खेलले टोली महान् हुँदैन। महान् टोली भनेको निरन्तर राम्रो प्रदर्शन गर्ने टोली हो,’ उनले जोड दिए। प्रशिक्षक पोथसले तत्कालीन नतिजाभन्दा दीर्घकालीन संरचनागत सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार नेपाली क्रिकेट बलियो बनाउन तल्लो तहदेखि प्रतिस्पर्धात्मक संरचना आवश्यक छ।

‘खेलाडीमाथि प्रदर्शनको दबाब हुनुपर्छ। बाहिरबाट कोही ल्याउँदा उसले टोलीमा स्पष्ट मूल्य थप्नुपर्छ,’ उनले भने।

लगातार तीन हारपछि खेलाडीहरूको आत्मविश्वासबारे बोल्दै उनले हरेक खेलाडी फरक मानसिकताका हुने बताए। युवा खेलाडीका लागि यस्ता प्रतियोगिता सिकाइको अवसर हुने र सिनियर खेलाडीले फरक ढंगले दबाब व्यवस्थापन गर्ने उनको भनाइ छ। साथै, प्रशिक्षक र खेलाडीबीच खुला संवादले मात्र सुधार सम्भव हुने उनले उल्लेख गरे।

नेपालले सुपर–८ मा स्थान बनाउन नसके पनि स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक लयका साथ प्रतियोगिता टुंग्याउने लक्ष्य राखेको छ। आगामी एकदिवसीय शृंखलालाई ध्यानमा राख्दै टोलीले अन्तिम खेललाई तयारीको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा