विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी
आइतबार, ०३ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० विश्वकपमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले कप्तान रोहित पौडेललाई उछिन्दै आफूलाई शीर्ष स्थानमा पुर्याएका हुन्।
आइतबार वेस्ट इन्डिजविरुद्ध ५८ रनको उत्कृष्ट इनिङ्स खेलेसँगै दीपेन्द्रको विश्वकप रनसंख्या १५१ पुर्याएका हुन्। उनले दुई संस्करणको विश्वकपमा यो उपलब्धि हासिल गरेका हुन्।
सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा उनले बंगलादेशविरुद्ध २५, दक्षिण अफ्रिकाविरुद्ध ६ र नेदरल्यान्ड्सविरुद्ध १ रन बनाएका थिए। जारी विश्वकपमा भने उनको प्रदर्शन अझ परिपक्व देखिएको छ। इंग्ल्यान्डविरुद्ध २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन प्रहार गरेका उनले इटालीविरुद्ध १७ रन जोडेका थिए।
रोहितले भने १०३ रन बनाएका थिए।





%20(1)-1771145193825.jpeg&w=3840&q=75)
-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)




