सुपर ८ को दौडमा रहेन नेपाल
आइतबार, ०३ फाल्गुण २०८२खेलपाटी संवाददाता
%20(1)-1771145193825.jpeg&w=3840&q=75)
काठमाडौं। शाई होपको अर्धशतकसँगै वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ।
आइतबार सम्पन्न खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले अघिल्लो चरणको यात्रा तय गरेको हो। नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेटायो।
यो जितसँगै तालिकाको शीर्ष स्थानमा रहँदै वेस्ट इन्डिजले सुपर ८ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अपराजित रहेको टोलीको ६ अंक छ। अंकविहीन नेपाल तालिकाको पुछारमा छ।
वेस्ट इन्डिजका होपले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रनको इनिङ्स खेले। त्यस्तै, शिमरोन हेटमायरले ४६ रन बनाए। ब्रान्डन किंग २२ रनमा आउट भए।
नेपालका नन्दन यादवलेबाहेक अरू बलरले विकेट लिन सकेनन्। नेपालले अब आफ्नो अन्तिम खेल फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ।






-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)




