नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत बिहीबार नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे रंगशालामा हुने खेल नेपाली समयअनुसार अपराह्न ३: १६ बजे सुरु हुनेछ।
प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। सुपर ८ चरणमा आफ्नो सम्भावना जीवित राख्न यो खेल दुवैका लागि महत्त्वपूर्ण मानिएको छ।
नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग झिनो अन्तरले पराजय बेहोरेको थियो। अनुभवी इङ्लिस टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम ओभरमा साम करनको उत्कृष्ट बलिङका कारण नेपाल चार रनले पराजित भएको थियो।
यद्यपि उक्त खेलमा नेपालले देखाएको प्रतिस्पर्धात्मक प्रदर्शन टोलीका युवा खेलाडीका लागि सकारात्मक संकेत बनेको छ। बलियो टोलीविरुद्ध कडा चुनौती प्रस्तुत गरेकाले नेपाली खेलाडीहरू उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।
इटालीको अवस्था
उता, इटालीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो हार बेहोरेको थियो। ठूलो अन्तरको हारसँगै इटालीको नेट रनरेट कमजोर बनेको छ र अंक तालिकाको पुछारमा रहेको छ।
यद्यपि नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न इटालीलाई आगामी खेलहरू जित्नै पर्ने दबाब छ। त्यसैले नेपालविरुद्धको खेल इटालीका लागि ‘गर या मर’ जस्तै बन्नेछ।





-1770830065585.jpeg&w=3840&q=75)





-1770799852128.png&w=3840&q=75)
