आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

आइतबार, १८ माघ २०८२खेलपाटी संवाददाता
पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने
mustang rice ad

काठमाडौं। पाकिस्तानले २०२६ को टी-२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने भएको छ।

पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टबाट उक्त जानकारी दिएको हो। सरकारले पाकिस्तानी टोलीलाई प्रतियोगिताको लागि श्रीलंका यात्रा गर्न अनुमति दिएको छ।

एक्समा भनिएको छ,‘पाकिस्तान क्रिकेट टोली फेब्रुअरी १५, २०२६ मा भारतविरुद्धको निर्धारित खेलमा मैदानमा उत्रने छैन।’ यो निर्णयको कुनै कारण दिइएको छैन।

सुरक्षा चिन्ताका कारण भारतमा खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनवरी २४ मा बंगलादेशलाई प्रतियोगिताबाट निष्कासित गरेको थियो। त्यसयता विश्वकपमा पाकिस्तानको सहभागिता शंकास्पद बनेको थियो।

बंगलादेशको वैकल्पिक स्थलको मागलाई खुलेर समर्थन गर्ने पाकिस्तान एक मात्र देश थियो। बंगलादेश बाहिरिएपछि पाकिस्तानले आईसीसीलाई भारतको पक्षमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवीले आफ्नो देशले प्रतियोगितामा भाग लिने वा नलिने भन्ने अन्तिम निर्णय सरकारमा निर्भर रहने बताएका थिए।

दुई दिनपछि प्रधानमन्त्री शाहबाज शरीफसँग उनले भेटका थिए। उनलाई समस्या समाधान गर्न सबै विकल्पहरू खुला राख्न सल्लाह दिइएको थियो। त्यतिबेला, नक्वीले शुक्रबार वा अर्को सोमबार निर्णय हुने बताएका थिए। त्यो समयसीमाभन्दा एक दिन अघि पाकिस्तानी सरकारले विश्वकप खेल्ने निर्णय गरेको हो।

पाकिस्तानले सम्पूर्ण प्रतियोगिता बहिष्कार गर्नुको सट्टा भारतविरुद्धको खेलमा मात्र ध्यान केन्द्रित गर्ने अनुमान व्यापक थियो। पीसीबीले आईसीसीको समयसीमा भित्र आफ्नो विश्वकप टोली घोषणा गरेपछि यो अनुमान झनै तीव्र भयो।

पाकिस्तान समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिकासँग छन्। पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछन्, जो भारतसँगै प्रतियोगिताको सह–आयोजक हो।

पाकिस्तानले फेब्रुअरी ७ मा टी–२० विश्वकपको उद्घाटन दिन नेदरल्यान्ड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ। त्यसपछि फेब्रुअरी १० मा अमेरिका र फेब्रुअरी १८ मा नामिबियासँग सामना गर्नेछन्।

यदि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्यो भने दुई अंक गुमाउनेछन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी