नेपाललाई बलियो लक्ष्य
-1769057641365.jpeg&w=3840&q=75)
काठमाडौं। नेपालको सामान्य बलिङसँगै नेदरल्यान्ड्सले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ रोजेको बलियो टोली नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको हो।
खेलको दोस्रो ओभरमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सका लागि कप्तान बाबेट जोहाना एड्रियाना डे लिडे र स्टेरे लौरेन कलिसले तेस्रो विकेटका लागि ७९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।
नेदरल्यान्ड्सकी कप्तान बाबेटले ४७ बलमा ७ चौकाको मद्दतले ४९ रन बनाइन्। उनी एक रनले अर्धशतक पूरा गर्नबाट चुकेकी थिइन्। स्टेरेले ३४ बलमा ३० रन जोडिन्।
त्यस्तै, रोबिन रिजकेले १९ रन बनाउँदा आइरिस स्विलिङले १४ र हेथर डायन्था जान सिजर्सले १३ रनको योगदान दिइन्।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन्। सोमु विष्ट, पूजा महत्तो र रिया शर्माले समान १–१ विकेट हात पारिन्।






-1769063102923.jpeg&w=3840&q=75)






-1768984080973.webp&w=3840&q=75)
-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)