एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रेले ईस्टबोर्न इन्टरनेसनल टेनिस प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । पहिलो चरणमा स्विजरल्याण्डका स्टान वारिन्कालाई पराजित गर्दै मुर्रेले विजयी सुरुवात गरेका हुन् ।
करिब एक बर्षपछि टेनिस कोर्टमा फर्किएका मुर्रेले ३ पटकको ग्राण्डस्लाम बिजेता स्विजरल्याण्डका वारिन्कालाई ६ – १ र ६ – ३ ले पाखा लगाए । हिप इन्जुरीको शल्यक्रियापछि यसै साता टेनिस कोर्टमा फर्किएका मुर्रेको यो पहिलो जित हो ।
यसै साताबाट टेनिस कोर्ट फर्किएका मुर्रेको यो दोस्रो प्रतियोगिताको हो । अब ३१ बर्षीय मुर्रेले दोस्रो चरणमा आफ्नै देशका केली एडमण्डसँग खेल्ने छन् ।