बंगलादेश विश्वकप खेल्न भारत नजाने

काठमाडौं। बंगलादेश अर्को महिना भारतमा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि भारत नजाने भएको छ।
कोलकाता नाइट राइडर्स (केकेआर) बाट बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई हटाइएको विषयमा उत्पन्न विवादपछि उक्त निर्णय लिइएको हो।
यसपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अर्को महिना भारतमा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि भारत नजाने घोषणा गरेको छ। बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग बंगलादेशका खेलहरू भारतबाहिर सार्न औपचारिक अनुरोध पनि गरेको छ।
बंगलादेशले हालको तालिका अनुसार कोलकातामा समूह चरणका तीन र मुम्बईमा अन्तिम खेल खेल्ने तय छ।
यसअघि नै इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी संस्करणका खेलहरूको प्रसारणमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धको स्पष्ट कारण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। द बोर्ड अफ कन्ट्रोल बोर्ड फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले भारत–बंगलादेशबीचको द्विपक्षीय सम्बन्धमा बढ्दो तनावलाई कारण देखाउँदै केकेआरलाई आईपीएल २०२६ संस्करणअघि मुस्ताफिजुरलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएको थियो।
केकेआरले ३० वर्षीय बायाँहाते बलर मुस्ताफिजुरलाई गत महिना भएको अक्सनमा ९ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो। उक्त अक्सनमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्ससँग कडा प्रतिस्पर्धा भएको थियो।
बीसीसीआईले आवश्यक परे केकेआरलाई वैकल्पिक खेलाडी छनोट गर्न अनुमति दिइने जनाएको छ। यस निर्णयको कारणबारे सोध्दा बीसीसीआई सचिव देवजित सैकियाले भने,‘हालै भएका समग्र घटनाक्रमका कारण।’
बंगलादेश सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बीसीसीआईको निर्देशनमा बंगलादेशी स्टार खेलाडी मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि कोलकाताबाट हटाइएको जानकारी प्राप्त भएको छ। यस निर्णयको कुनै तर्कसंगत कारण सार्वजनिक गरिएको छैन। यसले बंगलादेशी जनतालाई दुखी र आहत बनाएको छ।’
विज्ञप्तिमा थप भनिएको छ,‘यस्ता परिस्थितिमा अर्को सूचना नआएसम्म आईपीएलका सबै खेल तथा कार्यक्रमहरूको प्रसारण/प्रदर्शन रोक्न निर्देशन दिइन्छ। यो आदेश सम्बन्धित निकायको स्वीकृतिसहित सार्वजनिक हितलाई ध्यानमा राखी जारी गरिएको हो।’






-1767608511823.jpeg&w=3840&q=75)

-1767418559420.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)

