आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा
-1767608511823.jpeg&w=3840&q=75)
काठमाडौं। अर्को महिना भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार उक्त ट्रफी प्रदशर्न गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेल, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र कप्तान रोहितकुमार पौडेलले ट्रफी सार्वजनिक गरेका हुन्।
क्यानका अनुसार ट्रफी ७ जनवरीसम्म नेपालमा प्रदर्शन गरिने छ। नेपालमा यसअघि सन् २०१८ मा अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) विश्वकपको ट्रफी नेपाल ल्याएको थियो। त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो।
तर, टी–२० विश्वकपको ट्रफी भने पहिलोपल्ट नेपाल ल्याइएको हो। टी–२० विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा सुरु हुँदैछ।
प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका ८ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुईपल्टको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन्।








-1767418559420.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)

