शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

शनिबार, १९ पौष २०८२खेलपाटी संवाददाता
एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !
Classic Tech Internet Ad

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष, महिला, युवा तथा अफिसियल विकाससम्बन्धी सबै गतिविधि समेटिएको वार्षिक घरेलु क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ।

सार्वजनिक क्यालेन्डरअनुसार वर्षभरि जिल्लादेखि प्रदेश र राष्ट्रिय तहसम्म विभिन्न प्रतियोगिता तथा तालिम कार्यक्रम सञ्चालन हुनेछन्।

क्यालेन्डरको सुरुआत जनवरीमा पुरुष प्रधानमन्त्री कपबाट हुनेछ। जसअन्तर्गत जनवरी ५ देखि २५ सम्म जिल्ला चरण र जनवरी २५ देखि फेब्रुअरी १० सम्म प्रदेश चरणका खेलहरू आयोजना गरिनेछन्। फेब्रुअरीमा पुरुष प्रधानमन्त्री कप प्रदेश चरण निरन्तरता पाउनेछ भने फेब्रुअरी १२ देखि २२ सम्म जय ट्रफी आयोजना हुनेछ। यही महिनामा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको जिल्ला चरण पनि सञ्चालन हुनेछ।

मार्च महिनामा पुरुष प्रधानमन्त्री कपको राष्ट्रिय चरण मार्च २८ देखि अप्रिल २२ सम्म सञ्चालन हुनेछ। यसै अवधिमा राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको प्रदेश चरण तथा महिला प्रधानमन्त्री कपको जिल्ला चरण आयोजना गरिने क्यालेन्डरमा उल्लेख छ।

अप्रिल महिनामा महिला प्रधानमन्त्री कपको प्रदेश चरण, पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको जिल्ला तथा प्रदेश चरण र अन्य क्यान कार्यक्रमहरू सञ्चालन हुनेछन्।

मे महिनामा महिला प्रधानमन्त्री कपको राष्ट्रिय चरण मे २ देखि २० सम्म आयोजना हुनेछ। यसै महिना राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपको राष्ट्रिय चरण तथा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता र क्यान युथ क्याम्प आयोजना हुनेछन्। जुन महिनामा सातै प्रदेशमा क्यान लेभल १ कोचिङ कोर्स सञ्चालन गरिनेछ भने जुन १५ देखि २५ सम्म राष्ट्रिय टी–२० च्याम्पियनसिप आयोजना गरिनेछ।

जुलाईमा क्यान लेभल २ कोचिङ कोर्स तथा पिच क्युरेटर कोर्स सञ्चालन हुनेछन्। अगस्ट महिनामा क्यान लेभल १ अम्पायरिङ कोर्स आयोजना गरिनेछ। सेप्टेम्बरदेखि अक्टोबरसम्म महिला लङ्गर फर्म्याट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ।

अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने क्यालेन्डरमा समावेश गरिएको छ। अक्टोबरमै यु–१६ बोइज/ गर्ल्सको राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप, अन्तरविद्यालय तथा कलेजस्तरीय लङ्गर फर्म्याट प्रतियोगिता र क्षेत्रीय टुर्नामेन्टहरू आयोजना हुनेछन्। डिसेम्बर महिनामा पनि क्षेत्रीय टुर्नामेन्टहरू सञ्चालन हुनेछन्।

क्यानले सार्वजनिक गरेको यो वार्षिक क्यालेन्डरले नेपाली क्रिकेटको संरचनागत विकास, खेलाडी उत्पादन, महिला तथा युवा क्रिकेटको विस्तार र प्रशिक्षक तथा अम्पायर विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

Bajaj Pulsar Motorcycle Ad
रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो लगातार उपाधि

एपीएफ फाइनलमा, मणिलाई रातो कार्ड

एपीएफ फाइनलमा, मणिलाई रातो कार्ड

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

पुलिसलाई साेझाे सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन

कार्लोसको मुटुको शल्यक्रिया

कार्लोसको मुटुको शल्यक्रिया

रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो

रुकुम पश्चिमलाई हराउँदै पुलिस तेस्रो

सचिनले समानुपातिक निर्वाचन सूचीबाट नाम फिर्ता लिए

सचिनले समानुपातिक निर्वाचन सूचीबाट नाम फिर्ता लिए

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !