बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शुक्रबार, १८ पौष २०८२खेलपाटी संवाददाता
शिभालीलाई भाटभटेनीकाे बिदाइ
Loading ad...
mustang rice ad

काठमाडौं। अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङको शुक्रबार बिदाइ गरिएको छ। भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर शिभालीको बिदाइ गरेका हुन्।

टेनिसकी युवा खेलाडी शिभाली यसै महिना अस्ट्रेलियन ओपनको आमन्त्रित इभेन्टको रुपमा रहेको इलिट ट्रफी प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गर्दैछिन्। क्षेत्रीय स्तरका शीर्ष यू–१४ खेलाडीले प्रतिस्पर्धामा गर्ने इलिटी ट्रफीमा प्रतिस्पर्धा गर्न लागेकी शिभाली पहिलो नेपाली खेलाडी हुन्। एसिया वरियताको तेस्रो स्थानमा रहेकी शिभाली नेपालबाट ग्रान्डस्लाम प्रतियोगिताको आमन्त्रित इभेन्टको रुपमा रहेको इलिट ट्रफी खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

विश्वको प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको अस्ट्रेलियन ओपन इलिटी ट्रफीसम्मको यात्रामा शिभालीलाई सहयोग गर्दै आएको भाटभटेनी र इन्फिनिटी वेयरले शिभालीलाई वैदेशिक यात्राका लागि शुभकामना दिएका छन्।

भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले ग्रान्डस्लाम प्रतियोगिताको महत्वपुर्ण इभेन्टमा नेपाली खेलाडीले खेल्न पाउनु देशका लागि गर्वको विषय भएको बताए। उनले नेपाली खेलकुद र खेलाडीको विकासमा भाटभटेनीले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै युवा खेलाडी माथि गरिएको लगानीले नयाँ पुस्ताले राम्रो नतिजा दिने विश्वास आफुहरुले लिएको बताए।

‘पछिल्लो समय युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्य राखेका छौं। हामीले गरेको लगानी एउटा नयाँ पुस्ताले राम्रो गर्छ र त्यसको आधार बन्छ भन्ने विश्वास हो,’ जोशीले भनेका छन्। अस्ट्रेलिया खेल्न जान लागेकी शिभालीले भनिन्, ‘ग्रान्डस्लाम प्रतियोगिताको हिस्सा बन्न पाउँदा साह्रै खुसी छु। भाटभटेनीको सहयोगका कारण यो यात्रा सम्भव भएको हो। म भाटभटेनीलाई ह्दयदेखिनै धन्यवाद दिन चाहन्छु।’

इन्फिनिटीका सह–संस्थापक प्रविन गुरुङले भने, ‘शिभालीले हासिल गरेको उपलब्धि सिंगो नेपाली खेलकुदका लागि सुखद विषय हो। शिभालीको यस यात्रामा जोडिन पाउँदा साह्रै खुसी छौं।’

नेपाली टेनिसमा राइजिङ स्टारको रुपमा उदाएकी शिभालीलाई एसियाको शीर्ष खेलाडी बन्ने उद्धेश्यमा साथ दिदै भाटभटेनी ग्रुपले २० लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको थियो। भाटभटेनीको सहयोगसँगै शिभालीको अन्तराष्ट्रिय प्रशिक्षण र प्रतियोगिताको यात्राले लय मात्र समाएन, उनी एसियाकै शीर्ष खेलाडीको रूपमा उभिन सफल भएकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने