शिभालीलाई भाटभटेनीकाे बिदाइ
-1767335931387.jpeg&w=3840&q=75)
काठमाडौं। अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस खेलाडी शिभाली गुरुङको शुक्रबार बिदाइ गरिएको छ। भाटभटेनी सुपर मार्केट र इन्फिटिनी वेयरले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर शिभालीको बिदाइ गरेका हुन्।
टेनिसकी युवा खेलाडी शिभाली यसै महिना अस्ट्रेलियन ओपनको आमन्त्रित इभेन्टको रुपमा रहेको इलिट ट्रफी प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गर्दैछिन्। क्षेत्रीय स्तरका शीर्ष यू–१४ खेलाडीले प्रतिस्पर्धामा गर्ने इलिटी ट्रफीमा प्रतिस्पर्धा गर्न लागेकी शिभाली पहिलो नेपाली खेलाडी हुन्। एसिया वरियताको तेस्रो स्थानमा रहेकी शिभाली नेपालबाट ग्रान्डस्लाम प्रतियोगिताको आमन्त्रित इभेन्टको रुपमा रहेको इलिट ट्रफी खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
विश्वको प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको अस्ट्रेलियन ओपन इलिटी ट्रफीसम्मको यात्रामा शिभालीलाई सहयोग गर्दै आएको भाटभटेनी र इन्फिनिटी वेयरले शिभालीलाई वैदेशिक यात्राका लागि शुभकामना दिएका छन्।
भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले ग्रान्डस्लाम प्रतियोगिताको महत्वपुर्ण इभेन्टमा नेपाली खेलाडीले खेल्न पाउनु देशका लागि गर्वको विषय भएको बताए। उनले नेपाली खेलकुद र खेलाडीको विकासमा भाटभटेनीले विगत लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै युवा खेलाडी माथि गरिएको लगानीले नयाँ पुस्ताले राम्रो नतिजा दिने विश्वास आफुहरुले लिएको बताए।
‘पछिल्लो समय युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्य राखेका छौं। हामीले गरेको लगानी एउटा नयाँ पुस्ताले राम्रो गर्छ र त्यसको आधार बन्छ भन्ने विश्वास हो,’ जोशीले भनेका छन्। अस्ट्रेलिया खेल्न जान लागेकी शिभालीले भनिन्, ‘ग्रान्डस्लाम प्रतियोगिताको हिस्सा बन्न पाउँदा साह्रै खुसी छु। भाटभटेनीको सहयोगका कारण यो यात्रा सम्भव भएको हो। म भाटभटेनीलाई ह्दयदेखिनै धन्यवाद दिन चाहन्छु।’
इन्फिनिटीका सह–संस्थापक प्रविन गुरुङले भने, ‘शिभालीले हासिल गरेको उपलब्धि सिंगो नेपाली खेलकुदका लागि सुखद विषय हो। शिभालीको यस यात्रामा जोडिन पाउँदा साह्रै खुसी छौं।’
नेपाली टेनिसमा राइजिङ स्टारको रुपमा उदाएकी शिभालीलाई एसियाको शीर्ष खेलाडी बन्ने उद्धेश्यमा साथ दिदै भाटभटेनी ग्रुपले २० लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको थियो। भाटभटेनीको सहयोगसँगै शिभालीको अन्तराष्ट्रिय प्रशिक्षण र प्रतियोगिताको यात्राले लय मात्र समाएन, उनी एसियाकै शीर्ष खेलाडीको रूपमा उभिन सफल भएकी छन्।







1686853912-1760864621059.avif&w=3840&q=75)




-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)
