बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा
आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल महिला राष्ट्रिय टोलीकी डिफेन्डरद्वय समीक्षा घिमिरे र पूजा राणा बंगलादेश महिला फुटबल लिगमा खेल्न आइतबार ढाकातर्फ प्रस्थान गरेका छन्।
दुवै खेलाडीले फरासगन्ज स्पोर्टिङ क्लबको प्रतिनिधित्व गर्नेछन्। यी दुई टोलीले नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्दै आएका थिए।
११ टोलीको बंगलादेश लिग सोमबारबाट सुरु हुँदैछ। यो लिग ३० जनवरीसम्म चल्नेछ। फरासगन्जको पहिलो खेल मंगलबार ढाका रेन्जर्स एफसीसँग हुनेछ।











-1766907006104.jpeg&w=3840&q=75)
