सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा
आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, लमजुङ। सहज जित निकाल्दै लमजुङ मर्स्याङ्दी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा आइतबार सम्पन्न खेलमा चितवनको सूर्यपुरलाई २–० ले पराजित गरेको हो।
लमजुङको जितमा समीर तामाङ र एरोन थापाले गोल गरे। खेलको पहिलो हाफको इन्जुरी समयमा समीरले अग्रता दिलाएका थिए।
६५औं मिनेटमा एरोनले गोल गर्दै अग्रता दोब्बर बनाए। तर, त्यसपछि कुनै गोल हुन सकेन र लमजुङ अन्तिम ८ मा पुग्न सफल रह्यो।
अब लमजुङले सेमिफाइनल प्रवेश गर्न आयोजक त्रिवेणी क्लब र श्री भगवती क्लबबीचको विजेतासँग खेल्नेछ।











-1766907006104.jpeg&w=3840&q=75)
