पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

फाइल तस्बिर
गोरखा। नेपाल एकीकरणका राष्ट्रनायक पृथ्वी नारायण शाहको स्मृतिमा प्रथम पृथ्वी नारायण गोल्डकप फुटबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा प्रतियोगिता २४ माघदेखि २ फागुनसम्म गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलकुद मैदानमा सञ्चालन हुने भएको हो।
प्रतियोगितामा नेपालका प्रतिष्ठित ‘ए’ डिभिजन क्लब, मोफसलका चर्चित क्लब तथा आयोजकसहित आठ टोली सहभागी हुने समितिका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँ हात पार्नेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता लगायत विभिन्न व्यक्तिगत विधामा पनि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए।
आमन्त्रित टिमहरूको आवास, यातायात तथा खानपानसम्बन्धी सम्पूर्ण खर्च आयोजक समितिले व्यहोर्नेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताको हरेक खेलमा ३ हजारदेखि ५ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। खेल हेर्नका लागि टिकटको व्यवस्थासमेत गरिने आयोजकले जानकारी दिएको छ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
