आइतबार, २१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी

शनिबार, १२ पौष २०८२खेलपाटी संवाददाता
लिग उपाधि दौडलाई मजबुत बनाउँदै सिटी
Loading ad...
mustang rice ad

काठमाडौं। रयान चेरकीको अन्तिम क्षणको गोलले म्यानचेस्टर सिटीको प्रिमियर लिग उपाधि दौडलाई थप मजबुत बनाएको छ।

नटिङ्घम फरेस्टविरुद्ध घरेलु मैदानमा भएको खेलमा चेरकीले ८३औं मिनेटमा निर्णायक गोल गर्दै सिटीलाई २–१ को जित दिलाए।

यो जितसँगै पेप ग्वार्डिओलाको टोलीले लिगमा लगातार छैटौं जित निकाल्यो भने सबै प्रतियोगितामा आठ खेलको विजयी यात्रालाई निरन्तरता दियो।

सिटी अस्थायी रूपमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटी आर्सनलभन्दा एक अंक अगाडि छ। आर्सनलले ब्राइटनसँग खेल्दैछ।

खेलपछि चेरकीले भने,‘आजको जित निकै ठूलो हो। यो खेल जित्न धेरै कठिन थियो, तर टोलीले देखाएको प्रयासप्रति म गर्व गर्छु।’ यो चेरकीको पछिल्ला तीन खेलमा दोस्रो गोल र सिजनको पाँचौं गोल हो।

उनले दोस्रो हाफ सुरु भएको तीन मिनेटमै तिज्जानी राइन्डर्सलाई आकर्षक पास दिएर सिटीलाई अग्रता दिलाएका थिए। तर, रेलिगेसनको संघर्षमा रहेको फरेस्टका लागि ओमारी हचिन्सनले बराबरी गोल फर्काए।

फरेस्टले महत्त्वपूर्ण एक अंकका लागि अन्तिम समयसम्म संघर्ष गरे पनि चेरकीले भीडभाड भएको बक्सभित्रबाट प्रहार गरेको शटले सिटीलाई जित दिलायो।

बार्सिलोना, बायर्न म्युनिख र म्यानचेस्टर सिटीसँग १२ पटक लिग उपाधि जितिसकेका ग्वार्डिओला खेलपछि समर्थकहरूसँग उत्सव मनाउँदै देखिए। ‘यस्ता खेलहरू हामीले धेरै उपाधि जित्दा पनि खेलेका छौं,’ उनले भने,‘खेलाडीहरूको हाउभाउ, उत्सव र समर्थकसँगको सम्बन्ध सही दिशामा छ।’

लिभरपुललाई गत सिजन उपाधि सुम्पिएको सिटी यस पटक फेरि प्रिमियर लिगको ट्रफी फिर्ता ल्याउने आत्मविश्वासका साथ अघि बढिरहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बायर्नमा मुसियालाको पुनरागमन

बायर्नमा मुसियालाको पुनरागमन

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

Loading ad...
xTreme Energy Drink
बायर्नमा मुसियालाको पुनरागमन

बायर्नमा मुसियालाको पुनरागमन

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा

नापोलीविरुद्ध इन्टरको  रोमाञ्चक पुनरागमन

नापोलीविरुद्ध इन्टरको रोमाञ्चक पुनरागमन

मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो