घाइते खेलाडी फर्किंदै, उपाधि दौडमा मजबुत बन्ने अपेक्षामा सिटी

काठमाडौं। म्यानचेस्टर सिटीका प्रबन्धक पेप ग्वार्डिओलाले घाइते अवस्थाबाट केही महत्त्वपूर्ण खेलाडी फर्किन लागेको भन्दै टोली बहुप्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धामा मजबुत अवस्थामा रहेको बताएका छन्।
उनले क्लबको आधिकारिक वेबसाइटसँग कुरा गर्दै प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कप सबैमा सिटीको लक्ष्य स्पष्ट रहेको बताए। हाल प्रिमियर लिग तालिकामा सिटी शीर्ष स्थानको आर्सनलभन्दा दुई अंकले पछाडि छ।
यद्यपि, ग्वार्डिओलाले शीर्ष स्थानमा हुन चाहेको भए पनि आर्सनलसँग नजिकै रहनु सन्तोषजनक रहेको बताए। ‘म सबैभन्दा माथि १० अंकले अघि हुन चाहन्थें, तर, अवस्था यही हो। आर्सनल राम्रो खेलिरहेको छ, तर हामी पनि त्यहीँ छौं,’ ग्वार्डिओलाले भने।
च्याम्पियन्स लिगमा सिटी चौथो स्थानमा रहे पनि शीर्ष आठभित्र रहेर सिधै अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यमा टोली रहेको उनले बताए। सिटी लिग कपको सेमिफाइनलमा पुगिसकेको छ भने एफए कप अभियान पनि चाँडै सुरु हुँदैछ।
घाइते खेलाडीहरूको अवस्थाबारे जानकारी दिँदै ग्वार्डिओलाले मिडफिल्डर रोड्री ‘हमस्ट्रिङ’ चोटबाट निकै सुधार भएको र नटिङ्घम फरेस्टविरुद्धको शनिबारको खेलमा उपलब्ध हुन सक्ने बताए। ‘रोड्री अहिले धेरै राम्रो अवस्थामा छन्। खेल्ने वा नखेल्ने निर्णय आज गर्नेछौं,’ उनले भने।
यस्तै, जेरिमी डोकु र जोन स्टोन्स अझै पूर्ण रूपमा फिट नभए पनि चाँडै टोलीमा फर्किने ग्वार्डिओलाको विश्वास छ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766811430207.jpeg&w=3840&q=75)


