त्रिवेणी कपको उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्ने

बेसीशहर, लमजुङ। ३३औं त्रिवेणी कप फुटबल प्रतियोगितामा साबिक विजेता एपीएफसहित १६ टोलीले सहभागिता जनाउने भएको छ।
त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा प्रतियोगिता १२ देखि २१ पुससम्म आयोजना हुनेछ। सिसहार, लमजुङमा आयोजना हुने प्रतियोगितामा एपीएफ र लिग च्याम्पियन चर्च बोइज युनाइटेडसहित चार ‘ए’ डिभिजनका क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा एपीएफ, चर्च बोइज, एनआरटी, श्री भगवती र सातदोबाटो क्लबले प्रतिस्पर्धा गर्नेछन्। यीबाहेक आयोजक त्रिवेणी, सुन्दरबजार एफसी, समाज कल्याण, लमजुङ मर्स्याङ्दी, चित्लाङ एफसीलगायतका टिमहरू प्रतिस्पर्धामा उत्रनेछन्।
उद्घाटन खेलमा एपीएफ र सुन्दरबजार भिड्नेछन्। खेल १२ पुसमा दिउँसो २ बजे सुरु हुनेछ भने फाइनल खेल २१ पुस दिउँसो १ बजे आयोजना गरिनेछ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।






_1727591754-1766731628489.jpg&w=3840&q=75)


-1766743021282.jpeg&w=3840&q=75)




