एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र
बिहिबार, १० पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगलाई लक्षित गर्दै मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत तामाङलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
अनुभवी प्रशिक्षक तामाङको आगमनसँगै एपीएफले राष्ट्रिय लिगमा अझ मजबुत प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। नेपाली फुटबलमा उनलाई रणनीतिक क्षमता र खेलाडी विकासमा चिनिन्छ।
राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ। प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ।







-1766593825391.webp&w=3840&q=75)






