सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने
मंगलबार, ०८ पौष २०८२खेलपाटी संवाददाता
-1766493993239.jpg&w=3840&q=75)
काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर सविता रानामगरको घुँडाको शल्यक्रिया गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार सातदोबाटोस्थित मंगलबार बी एन्ड बी हस्पिटलमा उनको शल्यक्रिया गरिएको हो।
‘उनको बिहान ८ बजेदेखि शल्यक्रिया थालिको थियो। करिब ३ घन्टापछि शल्यक्रिया सम्पन्न भएको हो,’ शाहले खेलपाटीसँग भने।
उनी करिब १ वर्ष पूर्ण रुपमा रेस्टमा जाने शाहले जानकारी दिए। गत महिना इन्डोनेसिया भएको त्रिदेशीय फुटबल प्रतियोगिताको क्रममा उनले घुँडाको चोट बोकेकी थिइन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत शनिबार सम्पन्न साफ महिला क्लब च्याम्पियनसिपमा समेत उनी मैदान उत्रिन पाएकी थिइनन्।
यद्यपि, विभागीय टोली एपीएफले टोलीमा उनको नाम राखेको एपीएफ फाइनलमा भारतको इस्ट बंगाल एफसीसँग ३–० ले पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।






-1766460697450.webp&w=3840&q=75)



-1766479491057.jpeg&w=3840&q=75)



