नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

काठमाडौं। घरेलु टोली नेपालले आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ।
नेपाल र थाइल्यान्ड समूह ‘बी’ मा छन्। यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड पनि छन्। १४ जनावरीदेखि १ फ्रेबुअरीसम्म हुने प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलो खेल १८ जनावरीमा थाइल्यान्डसँग खेल्नेछर
नेपालले दोस्रो खेल २२ जनावरीमा नेदरल्यान्डसँग खेल्नेछ। त्यसपछि २४ जनावरीमा जिम्बाबे र २६ मा स्कटल्यान्डसँग खेल्ने समूह चरणका खेल सकाउने छ।
त्यसअघि नेपालले आयरल्यान्ड र अमेरिकासँग ‘वार्म अप’ म्याच खेल्नेछ। नेपालले १४ जनावरीमा पहिलो खेल आयरल्यान्डसँग खेल्नेछ। उक्त खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ।
१६ जनावरीमा भने नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासँग खेल्नेछ।






-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)

