सलाहले जोगाए इजिप्टको इज्जत्

काठमाडौं। मोहमद सलाहले सोमबार जिम्बाब्वेविरुद्ध २–१ को जित दिलाउँदै इजिप्टलाई अफ्रिका कप अफ नेसन्समा विजयी सुरुआत गराए।
करिब एक महिनापछि पहिलो पटक टोलीको कप्तानी गर्दै मैदान उत्रिएका सलाहले इन्जुरी समयमै गोल गरे र विश्व वरीयतामा १२९औं स्थानमा रहेको जिम्बाब्वेविरुद्ध इजिप्टलाई लज्जास्पद हारबाट जोगाए।
सात पटकको कीर्तिमानी च्याम्पियन इजिप्ट मोरोक्कोको तटीय सहर अगादिरमा लामो समयसम्म जिम्बाब्वेको कडा रक्षात्मक खेल र गोलरक्षक वासिङ्टन अरुबीको उत्कृष्ट प्रदर्शनका कारण समस्यामा परेको थियो।
इजिप्टका प्रशिक्षक होसाम हसनले भने,‘हामीले धेरै गोलका अवसर खेर फाल्यौं र भाग्य पनि हाम्रो पक्षमा थिएन। यही नै फुटबल हो। खेलभरि हामी नै राम्रो टोली थियौं। उद्घाटन खेल सधैं कठिन हुन्छ।’
२०औं मिनेटमा प्रिन्स ड्युबेले इमानुएल जलाइको क्रसलाई पहिलो टचमै नियन्त्रण गर्दै डिफेन्डरलाई छल्दै अर्को टचमा गोलकिपर मोहम्मद एल–शेनावीलाई छक्याएर जिम्बाब्वेलाई अग्रता दिलाए।
सलाहले टोलीलाई उत्साहित गर्ने प्रयास गरे पनि इजिप्टले अवसरहरू सदुपयोग गर्न सकेन। ३३औं मिनेटमा प्रशिक्षक हसनले एमाम अशुरलाई मैदानबाट निकाले। त्यपछि उनी बेन्चमा आँसु झार्दै बसे।
अरुबीले मार्मुशले अन्ततः ६४औं मिनेटमा कठिन कोणबाट गोल गर्दै बराबरी गरे। स्टपेज समयमा सलाहले निर्णायक गोल गरेपछि इजिप्टले समूह ‘बी’मा महत्त्वपूर्ण तीन अंक जोड्यो।
लिभरपुलका स्टार सलाहले अहिलेसम्म अफ्रिकाको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका छैनन्। यो उनको पाँचौं अफ्रिका कप सहभागिता हो। यसैबीच, दक्षिण अफ्रिकाले पनि आफ्नो खेलमा जित हात पारेको छ।








-1766392949541.jpg&w=3840&q=75)


-1766407401552.jpeg&w=3840&q=75)