एन्फा यु–१६ युथ लिगको उपाधि होड रोमाञ्चक

काठमाडौं। एन्फा यु–१६ युथ लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ।
२३ खेल सकिँदा मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लब समान ५२ अंकसहित लिगको पहिलो र दोस्रो स्थानमा छन्। गोलअन्तरका आधारमा मच्छिन्द्र शीर्ष स्थानमा रहँदा पुलिस दोस्रो स्थानमा छ।
मच्छिन्द्रले २३ खेलमा १६ जित, ४ बराबरी र ३ हार बेहोर्दै ९५ गोल गरेको छ भने २२ गोल मात्र खाएको छ। ७३ को उत्कृष्ट गोलअन्तरले उसलाई शीर्ष स्थानमा कायम राखेको छ।
पुलिसले पनि समान १६ जित, ४ बराबरी र ३ हारसहित ६७ गोल गर्दै १९ गोल मात्र खाएको छ। तेस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबले ५१ अंक जोडेको छ। उसले १५ जित, ६ बराबरी र २ हारसहित शीर्ष दुई टिमलाई चुनौती दिइरहेको छ। चौथो स्थानमा फ्रेन्ड्स क्लब कुपन्डोल ४८ अंकका साथ रहेको छ।
लिगको मध्यभागमा संकटा क्लब (४४ अंक), चर्च ब्वाइज युनाइटेड (४२ अंक) र एपीएफ फुटबल क्लब (३५ अंक) रहेका छन्। तल्लो स्थानतर्फ भने संघर्ष चर्किएको देखिन्छ।
सातदोबाटो युथ क्लबले अहिलेसम्म एक पनि अंक जोड्न सकेको छैन। २३ खेलमा सबै हार बेहोरेको सातदोबाटोले १३९ गोल खाँदै तालिकाको अन्तिम स्थानमा छ। प्लानिङ ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लब पनि तल्लो स्थानमा छन्।







-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

