एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल
शुक्रबार, ०४ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। प्रतियोगिताकै कमजोर टोली प्लानिङ बोइज युनाइटेडलाई पराजित गर्दै एनआरटीले एन्फा यु–१६ युथ लिगमा एक स्थान सुधार गरेको छ।
टोलीले शुक्रबार ४–१ को जित निकालेको हो। योसँगै एनआरटीले २२ खेलबाट २४ अंक पुर्याएको छ।
टोली १०औं स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंक रहेको प्लानिङ भने १३औं स्थानमा छ।
एनआरटीको जितमा सुगम राना र सुशान्तकुमार श्रेष्ठले समान २ गोल गरे। प्लानिङका ओम खड्काले १ गोल फर्काए।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
