विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित
बिहिबार, ०३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विमल तामाङको निर्णायक गोलसँगै चर्च बोइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबलाई रोकेको छ।
बिहीबार चर्च बोइजले १–० को जित निकालेको हो। चर्च बोइजले योसँगै २२ खेलबाट ३९ अंक पुर्याएको छ।
चर्च बोइज छैटौं स्थानमा यथावत् छ। संकटाले भने फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्बलसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ। यी दुईको ४५ र संकटाको ४१ अंक छ।









-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)


