पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको काठमान्डुले ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो। काठमान्डुका बेनले सर्वाधिक ६४ रन बनाए।
५५ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले २३ बलमा ५ चौका र ४ छक्कासहित ५५ रन बनाए। अन्य ब्याटर भने चल्न सकेनन्।
पोखराका धनञ्जय लक्ष्मणले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित १६ रन खर्चिए।
कुशल भुर्तेलले २ विकेट लिँदा विपीन खत्री र किरण ठगुन्नाको नाममा समान १ विकेट रह्यो।











-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)