एमबाप्पे चम्किँदा रियलको जित
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
-1764812815251.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडले स्पानिस लिगमा तीन खेलको जितविहीन यात्रलाई तोड्दै एथ्लेटिक बिल्बाओलाई ३–० ले पराजित गरेको छ।
किलियन एमबाप्पेले दुई गोल र एक असिस्टसहित सानदार खेल प्रदर्शन गरे। अर्को गोल एडुआर्डो कामाभिङ्गाले गरे। लगातार ड्रपछि आएको यो जितलाई प्रशिक्षक जाबी अलोन्सोले यस सिजनको उत्कृष्ट प्रदर्शन भनेका छन्।
एमबाप्पेले पछिल्ला तीन खेलमै सात गोल गरेका छन्। लिग तथा च्याम्पियन्स लिग दुवैमामा उनी शीर्ष स्कोरर बनेका छन्। मड्रिड र बिल्बाओ दुवैले खेलमा ट्रेंट अलेक्जान्डर–आर्नोल्ड र कामाभिङ्गालाई चोटका कारण गुमाए।







-1764813103863.webp&w=3840&q=75)




