जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) निर्णायक मोडमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने दुई खेलले प्लेअफ समीकरणलाई झनै रोमाञ्चक बनाउनेछन्।
लिग चरणका खेल अन्तिमतिर बढ्दै जाँदा प्रत्येक खेल टिमहरूको भविष्य लेख्ने भिडन्त बन्नेछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। पाँच खेलमा चार अंक मात्रै बटुलेको पोखराले जित्न नसके प्लेअफको ढोका बन्द हुनेछ।
टोलीले खेलमा क्षमता देखिए पनि निरन्तरताको अभावले अन्तिम चरणमा आएर दबाबमा देखिएको छ। अर्कातिर काठमान्डु गोर्खाज आरामदायी तालमा छ। ६ खेलबाट आठ अंक जोडिसकेको टोली प्लेअफ सुनिश्चितता गर्न संयमित तर योजनाबद्ध खेल खेल्ने मुडमा देखिन्छ।
अपराह्नको दोस्रो खेलले भने प्रतियोगिताको टेम्पो निर्धारण गर्नेछ। शीर्ष स्थानमा बसिरहेको सुदूरपश्चिम रोयल्सले १० अंकसहित प्लेअफ सुरक्षित गरिसकेको छ।
तर, सुदूरको नजर शीर्ष दुईमै अन्त्य गर्नेमा छ। उता चितवन राइनोजका लागि यो खेल गर या मरजस्तै बनेको छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफ सम्भावना जोगाउन आजको नतिजाले नै मार्ग तय गर्नेछ।










-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)
