पूजा र मिनाले एपीएफबाट खेल्ने
बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डर पूजा राना र फरवार्ड मिना देउवाले विभागीय टोली एपीएफबाट साफ महिला क्लब च्याम्पियनसिप खेल्ने भएका छन्।
यी दुई खेलाडी नेपाल पुलिस क्लबबाट खेल्दै आएका थिए। तर, शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि यी दुई खेलाडी एपीएफमा अनुबन्ध भएका हुन्। पूजासँग भुटानी लिग खेलेको अनुभव छ।
मिना भने पछिल्लो समयकी उदयीमान खेलाडी हुन्। उनले बंगलादेशमा भएको साफ यु-२० महिला च्याम्पियनसिपमा ७ गोल गरेकी थिइन्।






-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)




