बिहिबार, मंसिर १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

तीन वर्षपछि नेयमारको ह्याट्रिक

बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
तीन वर्षपछि नेयमारको ह्याट्रिक
Classic Tech Internet Ad

काठमडौं। टिम रेलिगेसनको डरले कापिरहेको बेला नेयमार भने इन्जुरीको जोखिम लिएर बाहिर बसिरहन मिल्छ?

यसको उत्तर हो मिल्दैन। त्यसैले उनले जोखिम लिएरै बाल्यकालको प्रिय टिमलाई बचाउन जोखिम मोले। घाइते घुँडासँगै पनि नेयमार कति खतरनाक हुन सक्छन् भन्ने कुरा विश्वले फेरि देखाए र ब्राजिलियन सिरी ‘ए’मा ह्याट्रिक गर्दै मैदान तताए। करिब तीन वर्षपछि उनले ह्याट्रिकको स्वाद चाखेका हुन्।

नेयमारको ह्याट्रिकमा सान्तोसले ठूलो जित हात पारेको छ। बिहीबार अल्फ्रेडो जाकोनि स्टेडियममा नेयमारको ह्याट्रिकको भरमा सान्तोसले जुभेन्तुडलाई ३–० ले पराजित गर्‍यो। ब्राजिलको जर्सीमा सर्वाधिक गोलकर्ता रहेका यी स्टारले जम्मा १७ मिनेटको अन्तरमा तीन गोल गरेका हुन्।

यो जितसँगै सान्तोस रेलिगेसन क्षेत्रबाट बाहिर आएको छ। ३७ खेलपछि ११ जित र ११ बराबरीसहित ४४ अंक बटुलेको सान्तोस तालिकाको १४औं स्थानमा छ। अन्तिम खेलमा हार टार्न सके ब्राजिलको शीर्ष लिगमा रहनेछ।

गत हप्तामा क्लबले ३३ वर्षका नेयमारले बाँया घुँडाको मेनिस्कस समस्या ठीक गर्न आर्थ्रोस्कोपिक शल्यक्रिया गराउनुपर्ने जनाएको थियो। तर, उनले पीडा कम गर्न उपचार लिँदै सान्तोसका अन्तिम दुई खेल खेलेका छन्।

नेयमारले २०२२ को अप्रिलपछि पहिलो ह्याट्रिक गरेका हुन्। उनले पेरिस सेन्ट–जर्मेन (पीएसजी) का लागि क्लेरमोन्टविरुद्ध ह्याट्रिक गरेका थिए। जुभेन्तुडविरुद्ध खेलको ५६औं मिनेटमा काउण्टर–अट्याकबाट पहिलो गोल गरे। त्यसपछि १० मिनेटभित्रै इगोर भिनिसियसको क्रसबाट दोस्रो गोल जोडे।

त्यसपछि पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे। ८३औं मिनेटमा उनलाई मैदानबाट बाहिर निकालियो। अन्तिम दुई खेलमा उनले ४ गोल गरेका छन्। साथै, यस सिजनका १८ खेलमा ८ गोल र १ असिस्ट गरेका छन्।

आउँदो आइतबार सान्तोसले लिग सिजनको अन्तिम खेल क्रुसेइरोविरुद्ध खेल्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पूजा र मिनाले एपीएफबाट खेल्ने

पूजा र मिनाले एपीएफबाट खेल्ने

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

Bajaj Pulsar Motorcycle Ad
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

पोखरालाई काठमान्डुको चुनौतीपूर्ण लक्ष्य

तीन वर्षपछि नेयमारको ह्याट्रिक

तीन वर्षपछि नेयमारको ह्याट्रिक

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

पूजा र मिनाले एपीएफबाट खेल्ने

पूजा र मिनाले एपीएफबाट खेल्ने

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम