यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य
सोमबार, १५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली यूएईले एसीसी यु–१९ प्रिमियर कपको उपाधि जित्न नेपाललाई १४८ रनको सामान्य लक्ष्य दिएको छ।
घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४७ रन बनाएको हो।
यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालका मण्डलले सर्वाधिक ६ विकेट लिए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिए।
अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १ विकेट रह्यो।









-1764560243138-1764573362763.webp&w=3840&q=75)



-1764553584985.webp&w=3840&q=75)