शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !

आइतबार, असोज २६, २०८२Admin User
दीपेन्द्रको मुटुले ठाउँ छाडेको अन्तिम ओभर !
Classic Tech Internet Ad

काठमाडौं। ओमानको मस्कटमा आइतबार राति सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स नेपाली क्रिकेटका लागि इतिहासको पाना बन्यो।

यूएईविरुद्धको एक रनको नाटकीय जितले नेपाललाई नजिकिँदो विश्वकपको ढोका मात्र खोलिदिएन, अन्तर्राष्ट्रिय क्रिकेटमा १००औं जितको गर्विलो उपलब्धि पनि दिलायो।

अन्तिम ओभरमा नेपाल जितबाट धैरै टाढा देखिएको थियो। यूएईलाई १० रन चाहिएको अवस्थामा बलिङको जिम्मा दीपेन्द्रसिंह ऐरीले लिए। खेलको तनाव, दर्शकको चर्को हुटिङ र मैदानमा फैलिएको अनिश्चितता सबै कुरा उनैको काँधमा थियो।

‘मुटु ढुकढुक भइरहेको थियो, म नै बलिङ गरिरहेको थिएँ,’ खेलपछि ऐरीले भने,‘तर, कन्फिडेन्ट त ल्याउनुपर्‍यो। एक छक्का गयो, त्यसपछि योजना परिवर्तन गरेँ र योर्कर फ्याँके। डर त लागेको थियो, तर संयमता अपनाएँ।’

उनको संयमता र रणनीतिले नै खेलको पूरा मोड बदलिदियो। पहिलो दुई बलमा मात्र १ रन दिएपछि तेस्रो बलमा ध्रुव परासरले छक्का हानेर दीपेन्द्रलाई दबाबमा ल्याएका थिए। तर, चौथो बलमा परासरको स्कूप शट सिधै ऐरीकै हातमा पुगेपछि खेलको नक्सा पल्टियो।

पाँचौं बलमा सन्दीप जोराको थ्रोले हैदर अलीलाई रनआउट गर्‍यो। अन्तिम बलमा तीन रन आवश्यक थियो। जुनैद्द सिद्धिकी दोस्रो रन पूरा गर्न खोज्दा कप्तान रोहित पौडेलको सटिक थ्रोले उनको प्रयास रोकिदियो।

१४१ रनको लक्ष्य पछ्याएको यूएई ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो र नेपालले एक रनको जित सुरक्षित गर्‍यो। अन्तिम तीन बलमा लगातार तीन विकेट झारेको ऐरीको ओभरले टोलीलाई जित दिलाएन, नेपाली क्रिकेटमा आत्मविश्वासको नयाँ स्तर स्थापना गर्‍यो।

यो जितसँगै नेपाल सुपर सिक्समा ४ अंकका साथ ओमानसँग बराबरीमा पुगेको छ। अब सोमबार हुने खेलमा नेपाल कतारसँग भिड्नेछ। त्यो खेल जिते नेपाल फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेसम्म पुग्नेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

Bajaj Pulsar Motorcycle Ad
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

कार्लोको एउटै सपना विश्वकपको उपाधि

कार्लोको एउटै सपना विश्वकपको उपाधि

मणिले भुटानी क्लब पारोबाट खेल्ने

मणिले भुटानी क्लब पारोबाट खेल्ने

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ