शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

शुक्रबार, कार्तिक १, २०८२खेलपाटी संवाददाता
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसियन कप छनोटमा मलेसियासँगको २–० को हारलाई ३–० जितमा बदल्न फिफामा उजुरी दर्ता गरेको छ। एन्फाले खेलमा मलेसियाले अवैध खेलाडी प्रयोग गरेको दाबी गरेको छ।

नेपालले मार्च २५ मा सुलतान इब्राहिम स्टेडियममा घरेलु टोलीसँग २–० को हार बेहोरेको थियो। उक्त खेलमा हेक्टोर हेभेल र लावेरे कोर्बिन–ओङ्गले गोल गरेका थिए।

तर, सेप्टेम्बर २६ मा फिफाले मलेसियाको फुटबल संघ (एफएएम) लाई सात नेचुरलाइज्ड खेलाडीका कागजातमा जालसाजी गरेको आरोपमा कारबाही गरेको थियो, जसमा हेभेल पनि रहेका थिए।

फिफाको अनुशासनात्मक निर्णय भने मलेसियाको भियतनाममाथिको ४–० जितमा मात्र लागु गरिएको थियो। यसपछि एन्फाले आफ्नो खेलको नतिजा पनि उल्टाउन माग गरेको हो।

द गाजियन गार्जियनले भनेको छ,‘अखिल नेपाल फुटबल संघले मलेसियाविरुद्ध उजुरी दर्ता गरेको छ। मार्चमा मलेसियाले हात पारेको २–० को जितमा गोल गर्ने हेभेल अवैध ठहरिएपछि खेलको नतिजा उल्टिन सक्नेछ।’

चार खेलपछि नेपाल समूह ‘एफ’को तल्लो स्थानमा अंकविहीन अवस्थामा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपालले लाओस २–१ र भियतनाम ३–१ र १–० को हार बेहोरेको थियो।

मलेसिया अपराजित रहँदै १२ अंकसहित समूहको शीर्ष स्थानमा छ। ९ अंक पुर्‍याएको भियतनामको भने अघिल्लो चरणमा पुग्ने सम्भावना अझै जीवितै छ। यस्तो अवस्थामा प्रतियोगिताको नियमावलीअनुसार नै नतिजा उल्टिने एन्फा प्रवक्ता सुरेश शाह बताउँछन्।

‘प्रतियोगिता सञ्चालन गर्नुपूर्व नै एक नियमावली बनाइएको हुन्छ। उक्त नियमावलीलाई सबैले मानन्नुपर्ने हुन्छ। त्यसमा उल्लंघन हुन्छ भने प्रतियोगिताको नियमावलीअन्तर्गत नै हामीले स्वत: अंक पाउने छौं,’ उनले खेलपाटीसँग भने। नेपालले अब नोभेम्बर १८ मा मलेसिया र मार्च ३१ मा लाओससँग दोस्रो लेग खेल्दै प्रतियोगिता टुंगाउने छ।

फिफाको कारबाहीले मलेसियाली फुटबल संकटमा पार्दैछ। जरिवानासहित हेभेलसहित जोआओ फिगुएरेडो, रोड्रिगो होल्गाडो, इमानोल माचुका, फाकुन्डो गार्सेस, जोन इराजाबाल र ग्याब्रियल पाल्मेरो सात नेचुरलाइज्ड खेलाडीलाई सेप्टेम्बर २६ देखि एक वर्षका लागि फुटबल गतिविधिबाट प्रतिबन्ध लगाइएको छ।

फिफा अनुशासन समिति अनुसार एफएएमद्वारा पेश गरिएका जन्म प्रमाणपत्र र फिफाले प्राप्त गरेको मूल प्रमाणपत्रमा मेल खाएको थिएन। फिफाका अनुसार खेलाडीका हजुरबुबा–हजुरआमा मलेसियामा जन्मेका थिएनन्।

प्रतियोगिता नियमअनुसार एएफसीको निर्णय पर्खँदै मलेसियाले भियतनाम र नेपालविरुद्ध हात पारेको नतिजा ३–० को पराजयमा बदलिन सक्नेछ। एफएएमले भने यसलाई प्रशासनिक त्रुटि मात्र भएको र खेलाडीहरू वैध नागरिक भएको दाबी गर्दै आएको छ।

फिफाको अपिल समिति सामान्यतया ३०–६० दिनभित्र मुद्दा प्रक्रिया गर्छ। तर, मलेसियाको जस्तो जटिल मामिला तीन महिनासम्म पनि लाग्न सक्छ। अपिल अस्वीकृत भएमा एफएएमलाई पूर्ण निर्णय रिपोर्टको लागि १० दिन र यसलाई कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस)मा लैजान २१ दिन दिइनेछ। सीएएसले औसत ५–६ महिना समीक्षा गर्छ।

छनोटका खेल मार्च ३१, २०२६ मा सकिने भएकाले एएफसी र सीएएस दुवैलाई समयमै निर्णय गर्न दबाब छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

Bajaj Pulsar Motorcycle Ad
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड