वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ
२०२५ सेप्टेम्बर १८, बिहिबार
-1758215721917.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजमा खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टोलीको बिदाइ गरेको हो। प्रतियोगिता सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ।
सिरिजको पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ। दोस्रो खेल २९ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ। सिरिजका लागि दुवै टोलीको घोषणा भइसकेको छ।