स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा
बिहिबार, असोज २, २०८२

काठमाडौं। स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
स्पेन अन्तिमपटक जुन २०१४ मा पहिलोपल्ट शीर्ष स्थानमा पुगेको थियो। त्यस समय स्पेनको ‘गोल्डेन युग’ अन्त्य हुने संघारमा थियो। सो युगमा स्पेनले सन् २००८ देखि २०१२ सम्म दुई युरो कप र एक विश्वकप जितेको थियो।
यता, कतार विश्वकपमा अर्जेन्टिनासँग पराजित भएको फ्रान्स भने एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ। अर्जेन्टिना तेस्रो स्थानमा पुगेको छ।













