बंगलादेशसँग नेपालको लज्जास्पद हार
२०२५ सेप्टेम्बर १८, बिहिबार

काठमाडौं। नेपालले साफ यु–१७ च्याम्पियनसिपमा बंगलादेशसँग लज्जास्पद हार बेहोरेको छ।
कोलम्बो रेसकोर्स स्टेडियममा बिहीबार सम्पन्न समूहको दोस्रो तथा अन्तिम खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भएको हो।
बंगलादेशलाई जित दिलाउन मोहम्मद मनिक, मोहम्मद आरिफ, ओपु रहमान र सब्बिर इस्लामले गोल गरे। योसँगै विजयी सुरुआत गरेको बंगलादेशले ३ अंक जोडेको छ।
दुई खेलबाट समान अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो। अब नेपालले सेमिफाइनल प्रवेश गर्न बंगलादेश र श्रीलंकाविरुद्धको अन्तिम खेल कुर्नुपर्नेछ।