नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

काठमाडौं। क्रिकेट वेस्ट इन्डिजले नेपालविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। सिरिज आगामी सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ।
यो सिरिजलाई सन् २०२६ मा उपमहाद्वीपीय मैदानमा आयोजना हुने आइसीसी टी–२० विश्वकप तयारीको महत्त्वपूर्ण हिस्सा मानिएको छ।
आईसीसीको फ्यूचर टुर प्रोग्राम बाहिर परेको यो सिरिजलाई लक्षित गर्दै छनोकर्ताहरूले वेस्ट इन्डिज ब्रेकआउट लिग र हालै चलिरहेको क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिएका छन्। यसै क्रममा अनुभवी खेलाडीहरूलाई विश्राम दिइएको छ।
टी–२० टोली कप्तानी अकील होसेनले गर्नेछन्। यस पटक टोलीमा ६ जना सम्भावित डेब्यू खेलाडी रहेका छन्।
वेस्ट इन्डिज टोली
अकील होसेन (कप्तान),फेबियन एलन, ज्वेल एन्ड्र्यु, अकीम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर
खेल तालिका
पहिलो टी–२०आई: २७ सेप्टेम्बर २०२५, शारजाह (युएई)
दोस्रो टी–२०आई: २९ सेप्टेम्बर २०२५, शारजाह (युएई)
तेस्रो टी–२०आई: ३० सेप्टेम्बर २०२५, शारजाह (युएई)