वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा
२०२५ सेप्टेम्बर १५, सोमबार

काठमाडौं। नेपालले वेस्ट इन्डिजसँग हुने सिरिजका लागि अन्तिम टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेका हुन्। टोलीको उपकप्तानी दीपेन्द्रसिंह ऐरीले नै गर्ने भएका छन्।
सिरिजका खेल २९,२९ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)को सरजाह क्रिकेट मैदानमा हुनेछ।
नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो।