मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

सोमबार, भदौ ३०, २०८२Admin User
जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टर सिटी जितको लयमा फर्किएको छ भने म्यानचेस्टर युनाइटेड भने फेरि संकटमै पुगेको छ।

आइतबार इतिहाद स्टेडियममा भएको १९७औं म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३–० ले पराजित गरेको हो। मुख्य प्रशिक्षक रुबेन अमोरिमका लागि यो अर्को लज्जास्पद दिन बनेको छ। खेल अझै ठूलो अन्तरले सकिन सक्थ्यो, तर सिटीका आक्रमण रोकिए।

सिटीका एर्लिङ हालान्डले दोस्रो हाफमा दुई गोल गरे र एक पटक पोस्टमा पनि हाने। यसअघि मंगलबार मोल्दोभाविरुद्ध नर्वेका लागि पाँच गोल गरेका हालान्डले एक साताभित्र सात गोल पूरा गरेका छन्।

सिटीका फिल फोडेनले १८औं मिनेटमा हेडरमार्फत पहिलो गोल गरेका थिए। त्यसपछि पेप ग्वार्डियोला नेतृत्वको टोलीले खेलमै नियन्त्रण जमायो।

यो जितसँगै सिटीले दुई खेलको हारको सिलसिला तोडेको छ। तर, युनाइटेड र अमोरिमका लागि समस्या थपिएको छ। यसअघि चौथो डिभिजनको ग्रिम्सबीसँग लिग कपबाट अपमानजनक हार बेहोरेको युनाइटेड अहिले निराशाजनक अवस्थामा छ।

खेलपछि अमोरिमले समर्थकलाई सन्देश दिए,‘म क्लबका लागि सर्वोत्तम सोचेर गर्नेछु। जित्न म चाहन्छु, त्यसैले तपाईंहरू भन्दा बढी म पीडामा छु।’

युनाइटेडमा संकट

युनाइटेडको यो हार क्लबका सह–मालिक जिम राटक्लिफको सामु भएको हो। अमोरिमलाई उनले गत वर्ष नियुक्त गरेका थिए, टोलीलाई युरोपेली फुटबलको शिखरमा फर्काउने लक्ष्यसहित। तर, हालको अवस्थाले पुनरागमन निकै कठिन देखाएको छ।

यो सिजन सबै प्रतियोगितामा युनाइटेडले पाँच खेलमध्ये एक खेल (३–२ बर्न्लीविरुद्ध) मात्र जितेको छ, त्यो पनि अन्तिम समयमा ब्रुनो फर्नान्डेजको पेनाल्टीमार्फत।

गत नोभेम्बरमा नियुक्त भएपछि अमोरिमले प्रिमियर लिगमा ३१ खेलमध्ये ८ मा जितेका छन्। उनको कार्यकालमा क्लबले सबैभन्दा तल्लो स्थान (१५औं) हासिल गरेको थियो।

‘यो रेकर्ड म्यानचेस्टर युनाइटेडको हुनै हुँदैन,’ अमोरिमले स्वीकारे। तर उनले आफ्नो शैलीमा अडान जनाउँदै भने,‘जब म आफ्नो दर्शन बदल्न चाहन्छु तब बदल्छु, नभए परिवर्तन मान्छेमा हुन्छ। म आफ्नै बाटोमा खेल्छु, जबसम्म म आफैंले बदल्न चाहन्न।’

यथार्थमा चार खेलमा जम्मा चार अंकसहित युनाइटेडले सन् १९९२ पछि सबैभन्दा खराब सुरुआत गरेको छ।

घातक हालान्ड

हालान्ड यो सिजन क्लब र देश दुवैका लागि घातक लयमा छन्। सिटी र नर्वेका लागि खेलेका ६ खेलमा उनले ११ गोल गरिसकेका छन्। टोटनह्यामविरुद्धको २–० हारमा मात्र उनी गोलविहीन भए।

युनाइटेडको डिफेन्स चिर्दै उनले ५३औं र ६८औं मिनेटमा गोल गरे। ह्याट्रिक बनाउन सक्थे तर अर्को प्रयास पोस्टमा ठोकियो। सहखेलाडी फिल फोडेनले यसलाई पूर्ण प्रदर्शन भने भने ग्वार्डियोलाले हालान्डलाई विशेष खेलाडी भन्दै प्रशंसा गरे।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो