दीपेन्द्रले दिए नेपाल प्रहरीबाट राजीनामा
२०२५ जुन २५, बुधबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन्।
विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएको खुलेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार उनको राजीनामा स्वीकृतसमेत भइसकेको छ।
उनी सन् २०१६ देखि प्रहरी सेवामा थिए। २०८० असोजमा उनी प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए।