मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
२०२५ जुन १४, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। बागमतीलाई पराजित गर्दै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार सम्पन्न फाइनलमा मधेश ७ विकेटले विजयी भएको हो। बागमतीले दिएको ११३ रनको लक्ष्य मधेशले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।