एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
शुक्रबार, बैशाख २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी वर्षको बजेट बढेको छ। एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिएका हुन्।
उनका अनुसार साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख नौ हजार ४५० रुपैयाँ बजेट पारित गरेको हो। ‘पछिल्लो वर्षको पूर्वधारमा लगानी नभएको बजेट यस वर्ष सिफ्ट भएको हो,’ उनले भने।
अघिल्लो वर्ष एन्फाको बजेट एक अर्ब ३१ करोडको हाराहारीमा थियो।









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
