काठमाडौं। आयुष तिम्सिनाको निर्णायक गोलसँगै श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा कठिन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा भगवतीले बाँसबारी युथ क्लबलाई १–० ले पाखा लगाएको हो।
जितसहित दोस्रो स्थानमा रहेको भगवतीले ६ खेलबाट १४ अंक पुर्याएको छ। यद्यपि, भगवती एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडभन्दा एक अंकले पछि परेको छ।
बाँसबारी भने पाँच खेलबाट ६ अंकसहित आठौं स्थानमा छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ७५औं मिनेटमा आयुषले गोल गर्दै भगवतीलाई चौथो जित दिलाए।