बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपाधिमा मच्छिन्द्र र हिमालयन शेर्पाको दाबी

बिहिबार, चैत २७, २०८१खेलपाटी संवाददाता
उपाधिमा मच्छिन्द्र र हिमालयन शेर्पाको दाबी
Classic Tech Internet Ad

सिमरा। १५औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शुक्रबार ‘ए’ डिभिजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्दै छन्। 

सिमरा रंगशालाको फ्लड लाइटमा शुक्रबार राति हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा हुनेछन्। मच्छिन्द्र दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। 

अघिल्लो वर्ष १४औं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपविजेतामा सीमित भएको मच्छिन्द्रले यसपल्ट पुलिसलाई क्वार्टरफाइनलमा हराउँदै मनोबल उच्च बनाएको छ। 

यता, चौथोपल्ट जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्न लागेको हिमालयन शेर्पाले मच्छिन्द्रसँग यो वर्ष मोफसलका प्रतियोगितामा बेहोरेको हारको बदला लिने लक्ष्य राखेको छ। 

यसअघि पाँचथर र कपिलवस्तु तिलौराकोट गोल्डकपमा दुवै खेल मच्छिन्द्रले जितेको थियो। यी दुई प्रतियोगितामा बेहोरेको हारको बदला लिँदै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा हिमालयन शेर्पा छ।

‘वर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने तयारीमा छौं। युवा खेलाडी सम्मिलित टोलीले हाम्रो लक्ष्य पूरा गर्दै यो वर्षको सुखद अन्त्य गर्छ भन्ने विश्वास लिएको छु,’ मुख्य प्रशिक्षक प्रज्जवल प्रताप क्षेत्रीले भने। 

यसअघि १३औं र चौथो संस्करणको फाइनलमा उपविजेता बनेको शेर्पाले ०६७ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको उपाधि जितेको थियो। 

सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा मच्छिन्द्र पहिलोपल्ट प्रतियोगिताको विजेता बन्ने लक्ष्य राखेर मैदानमा उत्रनेछ। मच्छिन्द्र यो वर्ष मोफसलको चौथो उपाधि उचाल्दै राजधानी फर्कने योजनामा छ। 

मच्छिन्द्रले यो वर्ष काठमाडौंमा सम्पन्न केपी ओली कप, इटहरी गोल्डकप र कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितिसकेको छ। ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ,’ मुख्य प्रशिक्षक सन्तोष न्यौपानेले भने।

मच्छिन्द्रले आफ्नो पहिलो खेलमा ल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ र सेमिफाइनलमा भरतपुरको हनामी बिएफसीलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

हिमालयन शेर्पाले भने क्वार्टरफाइनलमा फ्रेन्ड्स क्लबलाई १–० र सेमिफाइनलमा आयोजक सिमरालाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। 

जीतपुरसिमरा गोल्ड कपको हालसम्मका उपाधि विजेता 
२०८० नेपाल पुलिस क्लब
२०७९ चर्च ब्वाइज युनाईटेड
२०७८ न्युरोड टिम एनआरटी
२०७७ संकटा क्लब
२०७५ थ्रीस्टार क्लब
२०७४ त्रिभुवन आर्मी क्लब
२०७३ संकटा क्लब
२०७२ विजय युथ क्लब हेटौंडा
२०७१ त्रिभुवन आर्मी क्लब
२०७० नव जनजागृति युवा क्लब सिमरा
२०६९ मनाङ मस्र्याङदी क्लब
२०६८ मनाङ मस्र्याङदी क्लब
२०६७ हिमालयन शेर्पा क्लब
२०६६ मजदुर सहिद स्मृति क्लब

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा