आरसिटीसँग हारबाट जोगियो टुसाल
शुक्रबार, चैत २१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। टुसाल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न चौथो खेलमा टुसालले अन्नपूर्ण क्लब (आरसिटी)सँग १–१ को बराबरी खेलेको हो। यो नतिजासँगै टुसालले चार खेलबाट ६ अंक पुर्याएको छ। आरसिटीले भने समान खेलबाट चार अंक पुर्याएको छ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै आरसिटीले सुदीप लामाको गोलमार्फत सुरुआती अग्रता लियो।
तर, त्यसको १२ मिनेटपछि नै देवराज तामाङले गोल गर्दै टुसाललाई हारबाट जोगाए।








-1763515978900.webp&w=3840&q=75)

-1763569877271.jpg&w=3840&q=75)




