काठमाडौं। एक खेलको प्रतिबन्धपछि बुटवल लुम्बिनी एफसीका कप्तान एरिक विष्ट नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनविरुद्धको खेलमा फर्किएका छन्।
उनले एक खेलको प्रतिबन्धका कारण धनगढी एफसीसँगको खेल गुमाएका थिए। उक्त खेलमा बुटवल लुम्बिनीले ३–१ को हार बेहोरेको थियो।
एरिकले एनएसएलको पहिलो खेलमा दोहोरो पहेंलोसहित रातो कार्ड पाएका थिए। सोही कारण उनलाई धनगढीविरुद्धको खेलमा प्रतिबन्ध लागेको हो।
बुटवल लुम्बिनी जितविहीन छ। पहिलो खेलमा झापासँग गोलरहित बराबरी खेलेको बुटवल लुम्बिनीले धनगढीसँग भने ३–१ को फराकिलो हार बेहोरेको थियो।